राजविराज । सप्तरीको राजविराज कारागारबाट एक जना कैदी फरार भएका छन् । आइतबार राती १० बजेसम्म कारागारमै रहेका रामानन्द मण्डल बिहानबाट फरार भएको सप्तरी प्रहरीले जनाएको छ ।
मण्डल काठमाडौँबाट चोरी मुद्दामा पुर्पक्ष भई सप्तरी कारागार चलान भएका थिए । उनी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर- ११ निवासी हुन ।
फरार कैदी मण्डलको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |