अहिले हरेक व्यक्तिले मोबाइल फोन, कमप्युटर र ल्यापटप जस्ता उपकरणहरुर प्रयोग गरिरहेका छन् । मोबाइल फोन, कमप्युटर र ल्यापटपको अत्याधिक प्रयोगका कारण आँखा लगायत अन्य धेरै किसिमले स्वास्थ्यमा हानी भइरहेको छ । यसबाट निस्कने रेडिएशन तपाईको छालाको लागि पनि खतरनाक साबित हुँदैछ। नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार ल्यापटप र मोबाइल फोनबाट निस्कने रेडिएशनले छालामा गहिरो क्षति पार्नसक्ने अनुसन्धानबाट पत्ता लागेको छ । रेडिएशन, पिग्मेन्टेसनको कारण अनुहारमा चाँडो चाउरी पर्न थाल्छ र अनुहारमा दागहरू बन्न थाल्छन्। त्यसोभए हामी यी रेडिएशनहरूबाट छालालाई जोगाउन के गर्न सक्छौं ।
फोन र ल्यापटपको रेडिएशन बाट छालालाई कसरी जोगाउने ?
प्रशस्त पानी पिउनुहोस् ल्यापटप र मोवाइल फोनबाट निस्कने रेडिएशनका कारण पिग्मेन्टेसन, डार्क सर्कल, रैशेज आदि समस्या हुन सक्छ। यसबाट बच्न शरीर र छालालाई जति धेरै हाइड्रेटेड राख्नुहुन्छ, त्यति नै कम क्षति हुनेछ।
रिफ्लेक्टर शील्ड प्रयोग गर्नुहोस् – कामका कारण ल्यापटपमा घण्टौंसम्म काम गर्नु परेमा रिफ्लेक्टर शिल्डको प्रयोग गर्नुपर्छ । यो शिल्डले ल्यापटप र छालाको बीचमा बाधाको रूपमा काम गर्नेछ र त्यसबाट निस्कने ताप र रेडिएशनको प्रत्यक्ष प्रभावबाट बचाउनेछ।
खानामा एन्टिअक्सिडेन्ट समावेश गर्नुहोस् – एन्टी-अक्सिडेन्ट खानाहरूले छालामा फ्री रेडिकलहरूको प्रभावलाई रोक्न र निको पार्न काम गर्दछ। जसका कारण छालामा रेडिएशनको प्रभाव कम हुन्छ । यस्तो अवस्थामा फलफूल र सलाद प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
आफ्नो अनुहार एक दुई घण्टामा धुनु होस् – यदि तपाईं लामो समयसम्म ल्यापटप वा मोबाइल प्रयोग गर्दै हुनुहुन्छ भने, एक दुई घण्टामा आफ्नो अनुहार पानीले धुनुहोस्। यसले रेडिएशनको प्रभावलाई कम गर्नेछ।
ब्लू लाइट फिल्टर को प्रयोग – ब्लू लाइट फिल्टरले तपाइँ र ल्यापटप बीचको शील्ड बनाउँछ जसले तपाइँलाई ल्यापटपबाट उत्सर्जित नीलो प्रकाश घटाएर क्षतिबाट जोगाउँछ। जसले छालामा पर्ने नकारात्मक असरलाई कम गर्न मद्दत गर्छ ।
ल्यापटप वा फोनबाट दूरी राख्नुहोस् – ल्यापटप वा फोनबाट निस्कने रेडिएशन बाट बच्न ल्यापटपलाई शरीरमा टाँसेर काम नगर्नुहोस्। तपाईं टेबल कुर्सीमा बस्नुहोस् र छालाको सम्पर्कबाट टाढा रहनुहोस्। काखमा ल्यापटप राखेर काम गर्नु खतरनाक हुन सक्छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |