जनकपुर। मधेश प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकबाट लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि–२०७९ र मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बिमा कार्यविधि–२०७९ स्वीकृत भएपछि कार्यान्वयनमा आउन लागेको हाे।
मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा प्रस्तुत दुवै कार्यविधि बिहीबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेका छन। यो सँगै मधेश प्रदेशमा मिडियाले अव लोककल्याणकारी विज्ञापन पाउने छन भने पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बिमा हुनेछ।
मधेश प्रदेशबाट प्रकाशन हुने पत्रपत्रिका, अनलाइन तथा प्रसारण हुने एफएम र रेडियो, टेलिभिजनले मधेश प्रदेश सरकारका लोकहितका विज्ञापन एवम् सूचना शुल्कसहित प्राप्त गर्ने आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले वताए । यसैगरी मधेश प्रदेश पत्रकार स्वास्थ्य र दुर्घटना बिमा कार्यविधि स्वीकृत भएपछि मधेश प्रदेशका जुनसुकै जिल्लालाई कार्यक्षेत्र बनाएर निरन्तर पत्रकारिता गरिरहेका पत्रकार बिमा कार्यक्रमबाट लाभ लिन सक्नेछन्।
बिमा कार्यक्रममा सहभागी पत्रकारले वर्षमा एकपटक एक लाख रुपैयाँसम्मको औषधी उपचार खर्च पाउने र सात लाख रुपैयाँसम्मको दुर्घटना बिमा प्राप्त गर्ने कार्यविधिमा व्यवस्था गरिएको यादवले जानकारी दिए । दुवै कार्यक्रम चालु आर्थिक वर्षबाटै लागू हुने गरी तयारी थालिएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |