राजबिराज । राजबिराजमा संचालित महेन्द्र नारायण निधि प्रदेश स्तरिय क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा सप्तरी , पर्सा र बारा प्रवेष गरेका छन ।
आज आईतवार लिग चरणको तीन वटा खेल सम्पन्न भएको पहिलो खेलमा सप्तरीले धनुषा लाई ३ बिकेटले, दोस्रो खेलमा पर्सा ले सर्लाही लाई ४ बिकेट ले र तेस्रो खेलमा रौतहटले बारा लाई पराजित गरेपनि बारा सेमिफाईनलमा प्रवेष गरेका छन । उता यस अघि सिरहा क्रिकेट टिम ले नेट रन रेटको आधारमा सेमिफाईलमा प्रवेष गरि सकेका छन ।
पहिलो खेलमा धनुषा ले टस जितेर निर्धारित १५ ओभरको खेलमा ८ बिकेट गुमाएर ९३ रनको योगफल खडा गरेका थिए।जसमा रौनक रत्नम ले सर्वाधिक ३८ रन, हिमान्सु दत ले ३१ रन जोडेका थिए । बलिंग तर्फ सप्तरीका रोहित सिँह ले किफायती बलिंग गर्दै ३ ओभरमा ५ रन दिएर ४ बिकेट हात पारेका थिए भने राहुल मण्डल ३ र महबुव आलम ले १ बिकेट लिएका थिए ।
जवाफमा सप्तरी ले १३ ओभर २ बलमा ७ बिकेट गुमाई बिजय हात पारेका थिए । जसमा अमित यादब ले उत्कृष्ट ब्याटींग गर्दै ६ छक्का र १ चौका को मदत ले ४३ रन बनाएपछि सप्तरी जित नजिक पुगेका थिए । टिमलाई जित दिलाउन बिवेक यादब १६ रन र नितेश यादब ले १३ रन अविजित खेलपछि टिमका लागि जित सहज भएको हो। यता बलिंग तर्फ धनुषा का बिक्रान्त यादब र आकाश राय २ – २ बिकेट र दिब्यान्सु मलिक तथा विशाल सुश्लिंग ले १ – १ बिकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच रोहित सिँह घोषित भएका थिए ।
यसैगरी पर्सा र सर्लाही बिच भएको दोस्रो खेलमा टस जितेर सर्लाही ले टस जितेर ७ बिकेट गुमाई १ सय २० रनको योगफल खडा गरेका थिए। जसमा विशाल पटेल उत्कृष्ट ब्याटिंग गर्दै ३७ रन बनाउदै अबिजित रहे भने अलि हुसेन ले २६ रन सौरभ सुमन २१ रन र राहुल महतो ले २० रन जोडेका थिए ।
बलिंग तर्फ पर्सा का नसरूद्विन अन्सारी ३ बिकेट ब्याश यादब, अलफाज मन्सुरी र सम्साद अन्सारी ले १- १ बिकेट लिएका थिए । जवाफ मा पर्सा ले १४ ओभर २ बल खेल्दै ६ बिकेट गुमाई बिजय हात पारे सँगै सेमिफाईनल मा प्रवेष गरेका छन। जसमा ईमरान शेख ५७ रन, सुरज पटेल २१ र संतोष कार्कि तथा हासिम अन्सारी ले ११ – ११ रन बनाएका थिए ।
बलिंग तर्फ सर्लाही का चक्रधर र आशिष महतो २-२ बिकेट र विशाल पटेल र सन्दिप खडका १-१ बिकेट हात पारे । खेलको म्यान अफ दि पर्सा का म्याच ईमरान शेख घोषित भएका थिए । त्यस्तै तेस्रो चरणको खेल अन्तर्गत बारा र रौतहट बिच भएको खेलमा टस जितेर रौतहट ले टस जितेर ब्याटिंग गर्दै ७ बिकेट गुमाएर १ सय २ रन बनाएका थिए । जसमा अरबिन्द जसवाल ३६ रन, रणबिर यादब १९ रन, अस्चल चौधरी १३ रन र नितेश यादब ले १३ रन अविजित रहेका थिए । बलिंग तर्फ बारा का तिर्थ राज दास ३ र कुमार थापा २ र अरनिको यादब १ बिकेट लिएका थिए ।
जवाफ मा बारा ले १४ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय रन मात्र बनाएपछि रौतहट ले जित हात पारेको हो । जसमा रबी साह ३८ रन, तिर्थराज दास र मेघराज महरा ले १७-१७ रन जोडेका थिए । बलिंग तर्फ रोतहटका रंजित मुखिया ले किफायति बलिंग गर्दै ४ बिकेट लिएपछि जित सहज भएको थियो भने टिमका शनि साह २ बिकेट तथा नितेश यादब, नरेश साह, सागर पासवान र शुभम साह ले १ र १ बिकेट हात पारेका थिए । यता रौतहट ले जित हात पारेपनि रन रेट को आधारमा बारा सेमिफाईनलमा प्रवेष गरेका छन । उक्त खेलको म्यान अफ दि म्याच रौतहट टिमका रंजित मुखिया घोषित भएका छन ।
भोलीको पहिलो सेमिफाईनल खेल सप्तरी र बारा तथा सिरहा र पर्सा बिच हुने सप्तरी क्रिकेट सँघ का शंभु दास ले जानकारी दिएका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |