राजविराज । मधेश सरकारले प्रदेशका ४ सय महिलाहरुलाई लोक सेवा परीक्षाको तैैयारी गराउन थालेका छन ।
मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत लोकसेवा तैयारी कक्षामा प्रदेश भरिमा खरिदार र सुब्बा गरि ४ सय महिलाको लागि लोकसेवा तयारी कक्षा संचालन मा ल्याएकाे छ।
मधेश सरकारको महत्वांकाक्षी योजना अनुरुप संचालित लोकसेवा कक्षामा प्रत्येक जिल्ला बाट २५ जना खरिदार र २५ जना सुब्बाको लागि तैयारी कक्षामा महिलाहरुलाई सहभागी गराएको कार्यक्रम संयाेजक प्रियंका यादब ले बताईन ।
गत जेठ १९ गते देखी शुरु भएको लोकसेवा तयारी कक्षा सप्तरीको रा.ठा.जो भगत मावि राजविराज, सिरहाको सिद्धार्थ शिशु निकेतन सिरहा, धनुषाको ज्ञानकुप मावि जनकपुरधाम, महोत्तरीको विणा विद्या मन्दिर जलेश्वर, सर्लाहीको पब्लिक मावि मलंगवा, रौतहटको गौरीशंकर यादव रौतटह क्याम्पस गौर, बाराको पन्ना देवी कन्यामावि कलैया र पर्साको सुन्दरमल्ल रामकुमार कन्यामावि विरगंजमा कक्षा संचालन हुँदै आएको छ ।
लोकसेवा तयारी कक्षाले लोकसेवाको परिक्षामा सहभागी हुने विद्यार्थीहरुको मनोबल उच्च पार्नुका साथै परिक्षाको सटिक तयारी गराउने उदेश्यले कक्षा संचालनमा ल्याएकाे संयाेजक यादब ले बताईन। मधेश प्रदेश सरकारले प्रदेश लोकसेवामा ५० प्रतिशत महिलाहरुकोे लागी गरेको आरक्षणमा योग्य महिलाहरु प्रवेश गराउन लोकसेवा तयारी कक्षा सहायक हुने अपेक्षा प्रदेश सरकारले राखेको बताईएकाे छ।
यस अघि मधेश सरकारले आव २०७५/७६ मा १ सय जना, आव ०७६/७७ मा ३ सय ५० जना महिलाहरुलाई लोकसेवाको तैयारी कक्षा गराइ सकेकाे संयाेजक प्रियंका यादब ले बताईन।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |