इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले शानदार जित हात पारेको छ । साउथैम्पटन मा भएको खेलमा भारतले इंग्ल्याण्डलाई ५० रनले पराजित गरेको हो । यो हारले विस्फोटक इनिङ्स खेलिरहेका इंग्ल्याण्डका कप्तान जोस बटलर र उनको टोलीका लागि ठूलो झट्का थियो। यो शानदार जितपछि कप्तान रोहित शर्माले सम्पूर्ण टिमको प्रशंसा गरेका छन् । उनले हार्दिक पाण्ड्या, अर्शदीप सिंह र अन्य धेरै ब्याट्सम्यानको राम्रो प्रदर्शनको उल्लेख गरे तर आफ्नो कुनै खास रेकर्ड भने उल्लेख गरेनन्।
भारतीय कप्तान रोहित शर्माले इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० सिरिजमा एक विशेष कीर्तिमान बनाएका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो १००० रन पूरा गरेका छन् । विराट कोहली र एमएस धोनीपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यहा सम्म पुग्ने रोहित शर्मा तेस्रो भारतीय कप्तान बनेका छन् । कप्तान रोहित साउथैम्पटनमा ब्याटिङ गर्न पुग्दा उनको खातामा ९८७ रन थियो । अर्थात् हजार रन पुग्न उनलाई १३ रन मात्र आवश्यक थियो । उनले यो आवश्यकतालाई तुरुन्तै हटाए र पहिलो टी-२० मा २४ रन बनाए।
रोहितले विराट कोहलीलाई एक खेलको दूरीले पछि पार्दै नयाँ कीर्तिमान बनाएका छन् । उनी टी–२० मा सबैभन्दा छिटो १००० रन बनाउने भारतीय कप्तान बनेका छन् । कोहलीले कप्तानको रूपमा ३० इनिङ्समा एक हजार रन बनाएका थिए तर हिटम्यानले २९ इनिङ्समा यो स्थान हासिल गर्दै उनलाई उछिनेका थिए । यो सूचीमा अष्ट्रेलियाका आरोन फिन्च नम्बर एकमा छन्, जसले ६५ खेलमा १९७१ रन बनाएका छन् । रोहित १००० रन पूरा गर्ने विश्वका दशौं ब्याट्सम्यान बनेका छन् ।
न्यूजिल्याण्ड विरुद्ध कप्तान रोहितको खातामा सबैभन्दा धेरै रन छ रोहितले कप्तानको रूपमा हालसम्म ६ टोलीसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यी ६ टोलीमा उनले कप्तानको रूपमा न्युजिल्यान्डविरुद्ध सर्वाधिक रन बनाएका छन् । हिटम्यानले किवीविरुद्ध ७ खेलमा ५१.३३ को औसतमा ३०८ रन बनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |