सप्तरी । शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ताले भ्रष्टाचारीहरुलाई मलजल पुग्ने गरी जन विरोधी काम गरिरहेको क्रियाशिल राजनिततिक दलको मोर्चाका प्रतिनिधीहरुले आरोप लगाएका छन । मंगलबार शम्भुनाथ नगरपालिको कठौनामा क्रियासिल राजनितिक दलहरुको मोर्चाद्वारा आयोजित पत्रकार सम्मेलमा उनीहरुले यस्तो आरोप लगाएका हुन् ।
असार २५ गते शनिबार राति ९ बजेको समयमा नगरपालिकाको कार्यालयमा भिड देखेर लोसपाका शम्भुनाथ ना.पा का वडा नम्वर ६ का निवर्तमान वडा अध्यक्ष मो. याकुव राइन त्याहा पुगयो र लेखाफाटमा गएर २०७८/०७९ मा कोभिड माहामारी वाट गरीव पिप्नहरुको लागि राखिएको पैसा र वास्तविक कार्यको मात्र चेक भुक्तानि गर्न आग्रह गरेको वेला निवर्तमान वडा अध्यक्ष मो. याकुव राइन माथि हातपात गरेको उनीहरुले आरोप लगाएको छ ।
९२६ जना कोभिड महामारीबाट पिडितहरुको जनहि १० हजारको दरले पिडितहरुको खातामा जम्मा गरिदिन आग्रह गर्दा मेरय गुप्ता र उनका दाजु अनिल प्रसाद गुप्ता, शिव शंकर राम, सरोज मण्डल र रहमत अलि सहितका व्यक्तिहरु मिलेर कुटपिट गरेको पत्रकार सम्मलेमा जानकारी गराए ।
कामै नभएका शिर्षकमा विषयगत, नगर स्तरीय, वडा स्तरीय, ज्यालादारी कर्मचारीको तलव र वडा नम्वर २, ४, ९ र १२ मा भएको काम गुणस्तरहिन र त्यसमा करौडोको आर्थिक अनियमितता भएको पत्रकार सम्मलेनमा क्रियाशिल दलहरुले अरोप लगाएका छन ।
आर्थिक वर्ष २०७८/०७९ मा शम्भुनाथ नगरपालिका बाट असार २५ गते सम्म संचालित योजनाहरुको प्रगति प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, कोभिड पिडीत गरिव विपनहरुलाई अविलम्व १० हजारको दरले राहत रकम उपलब्ध गराउनु पर्ने, शम्भुनाथ नगरपालिका वडा नम्वर ६ का निवर्तमान वडा अध्यक्ष एवम लोसपा नेता मो. याकुव राइनलाई कुटपिट गर्ने मेयर जितेन्द्र प्रसाद गुप्ता, अनिल प्रसाद गुप्ता, रहमत अलि, सरोज मण्डल, शिंव शंकर रामलाई कडा भन्दा कडा कार्यवाही गर्नु पर्ने, अर्थिक वर्ष २०७९/०८० को निति तथा कार्याक्रम, योजना र बजेट सार्वजनिक गर्नु पर्ने र मधेश प्रदेश सरकारको सहयोगमा वडा नम्वर २,४,९ र १२ मा संचालित योजनाहरुका साथै सडक बोर्डको योजनाहरु छानबिन गर्नु पर्ने लगायतका ५ बुदे मांग राखेर क्रियाशिल राजनितिक दलको मोर्चा आन्दोलित भएका छन ।
मागहरुको सम्बोधन अविलम्व नभएमा जनता बाट हुने सम्पूर्ण कार्यको जिम्मेवारी राज्यपक्ष नै हुन्छ भने ज्ञापन पत्रमा भनिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |