राजविराज । भुमी सुधार तथा मालपोत कार्यालय राजविराजका सेवाग्राहीहरुको मोटरसाइकलको हावा खोल्ने प्रहरी हवलदार राज कुमार धामीमाथी छानवीन शुरु गरिएको छ ।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले बिहिवार घटना सम्बन्धमा बुझ्न पुगेका पत्रकार महासंघको टोलिलाई उक्त जानकारी गराएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण देवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका पत्रकारको टोलिसंग घटना बारे छ्लफल गर्दै संलग्न प्रहरी हवलदारमाथी कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मोटरसाइकलको हावा खोलेर दुख दिने नियत देखियो, एसपी काफ्लेले भने, घटनामा संलग्न प्रहरी हवलदारमाथी छानवीन शुरु भइसकेको छ, अनुसन्धान टोलि खटाएर स्पष्टीकरण सोधेका छौ। अनुसन्धान टोलिको प्रतिबेदन आउनसाथ थप कारबाही अघि बढ्छ ।
तोकिएको पार्किङमै राखेको प्रेस लेखिएको मोटरसाइकलको मात्र हावा खोल्नु दु:खद घटना भएको बताउदै एसपी काफ्लेले कानुन बिपरित कार्य गर्ने हवलदार धामीलाई कारबाहीको दायरमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
नगर प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवलदार धामीले भुमिसुधार तथा मालपोत कार्यालय राजविराजको पुर्वतर्फ तोकिएको पार्किङमा राखेको पत्रकार बृजमान तामाङको प्रेस लेखिएको मोटरसाइकलको दुबै चक्काको हावा खोलिदिएको थियोे ।
ट्राफिक नियम उल्लंघन गर्नेमाथि जरिवाना लिने कानुनी व्यबस्थालाई चुनौती दिदै प्रहरी हवलदार धामीले सेवाग्राहीहरुको मोटरसाइकलको हावा खोलेर प्रहरी आचरण बिरोधि गतिविधि गरेको भन्दै प्रहरी संगठनको चौतर्फी आलोचना भएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |