धनकुटा । विगत एक दशकको अवधिमा धनकुटा बाट वैदेशिक रोजगारीमा गएकामध्ये १८ जनाले ज्यान गुमाएका छन् ।
मलेसियासहित खाडी देशहरूमा रोजगारीका लागि पुुगेका १८ जनाको आकस्मिक र विभिन्न दुर्घटना मा परि ज्यान गएको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।
मृतकमध्ये श्रम स्वीकृृती लिएर गएका १२ जनाको परिवारले रोजगारदाता कम्पनी र नेपाल सरकारबाट राहत र क्षतिपूर्ति रकम पाएका छन् । बाँकी ६ जनाको भने क्षतिपूर्ति र राहत प्राप्तिको प्रक्रिया पूरा नभएको आप्रवासी स्रोत केन्द्र धनकुटाले जनाएको छ ।
एक दशकको अवधिमा धनकुटाका ४६ हजार ५ सय ९१ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |