लहान । सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतो विरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी प्रहरीमा उजुरी परेको छ ।
उपमेयर महतोले जागिर लगाइदिनछु भनेर २१ वर्षीया स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा जबरजस्ती करणीको प्रयास गरेको घटना सार्वजनिक भएको छ । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई एक महिनाअघि बिहान ८ बजे कार्यालयमा बोलाएर गोप्य कक्षभित्र लगेर जबरजस्ती करणीको प्रयास गरेको छ ।
राजनीतिक दबाबका कारण गाउँमै पञ्च भेला गरेर घटना लुकाउन प्रयास त गरियो तर पञ्चहरु विफल भएपछि अन्ततः ती महिलाले जिल्ला प्रहरी कार्यालयमा बिहीबार जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएकी छिन । उपमेयर महतोले कार्यकक्षको गोप्य कक्षभित्र लगेर जबरजस्ती करणीको प्रयास गरेको ती महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् । प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले बताए ।
उपमेयर महतो जनता समाजवादी पार्टी बाट गत स्थानीय तहको निर्वाचनमा लहान नगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |