राजबिराज । सप्तरीको तिरहुत गाउँपालिकामा १० लाख मा निर्माण भएकाे बजरंवलीकाे मन्दिर ७ दिन मै भत्किएकाे छ। तिरहुत गाउँपालिका -२ स्थित बडहरामा निर्माण भएको बजरङ्गबलिको मन्दिर कमिसनको चक्करमा गुणस्तरहीन काम भएपछि निमार्ण भएको मन्दिर ढलान भएको सात दिनमै भत्किएको हाे।
आर्थिक बर्ष २०७८/०७९मा बडहरामा रहेको अधुरो बजरङ्गबलि मन्दिर निर्माण कार्यको लागि गाउँपालिकालले १० लाख बजेट बिनियोजन गरेको थियो । योजना निर्माण कार्यको उपभोक्ता समितिका सचिब बिशो यादवका अनुसार गाउँपालिकाको प्राविधिकले मन्दिर निर्माणको लागि तीन स्टेपको डिजाईन बनाएर दिएको थियो । सोहि बिमोजिम असार २९ गतेमा मन्दिरको तेस्रो स्टेपको छत ढलान भएको थियो । उनले भने,‘छत ढलानको लागि जुन सेटरिङ्ग लगाएको थियो, सो सेटरिङ्गबालाले सेटरिङ्ग खोलेको कारण बिहिवार मन्दिरको छत भत्केका छ ।’
निर्माण कार्य सम्पन्नको चेक भुक्तानी साउनको ४ गते गाउँपालिका बाट भइसकेपनि चेक को रकम एनआइसि एसिया बैंकमै डिपोजिट छ। हाल सम्म रकम नझिकिएको हुनाले पुनः चाडै मन्दिरको काम सकाएर मात्र भुक्तानि लिने समितिका सचिव बिशो यादबले बताए।
गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत असोककुमार सिंहका अनुसार मन्दिर निर्माण कार्यमा के कस्तो गुणस्तर समानहरु प्रयोग भएको हो सोबारे प्रविधिक ईनजिन्यर दिनेश माझिलाई थाह होला तर मन्दिर भत्केको जनकारी पाएलगतै बैँकसंग सम्पर्क गरेर सम्पूर्ण भुक्तानी रोक्का गरिसकेको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |