सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष सुनिल कुमार मण्डलले गाउँसभाको निर्णयलाई बेवास्ता गर्दै गाउँसभा विपरीत एक पछि अर्को निर्णय गर्न थालेको छ।
गा.पा अध्यक्ष मण्डलले गाउँसभाले गरेको निर्णयको मसी नसुक्दै यस्तो विवादीत निर्णयहरु गर्ने गरेको स्थानिय नेकपा(माओवादी केन्द्र) का नेता दिपेन्द्र माझीले आरोप लगाए। उहाँले नवनिर्वाचित अध्यक्ष मण्डलको अपरिपकताको कारण गाउँसभाले गरेको निर्णयको मसी नसुक्दै एक पछि अर्को विवादीत निर्णय गर्नु जितको उन्माद रहेको प्रतिकृया दिनु भयो ।
नेता माझीले गाउँसभाबाट वडा ५ स्थित साविक रहेको चन्द्र नहर सिंचाई कार्यालय परिसरमा गा.पाको प्रशासकिय भवन वनाउने ३२ नम्बर निर्णयमा गरिएको भए तापनि अध्यक्ष मण्डलले हालै वडा नम्बर ६ स्थित पश्चमि कोशी पम्प नहर नजिक निजी जग्गामा पुःन प्रशासकिय भवन बनाउने भनेर शिलान्यास समेत गरेको बताउनु भयो ।
त्यस्तै अध्यक्ष मण्डलको निर्देशनमा राजविराज नगरपालिका वडा नं. ८ स्थित पिपल बोट नजिक सह लेखापाल हिरालाल यादवको घरमा कोठा भाडामा लिई अघोषित कार्यालय राखेको नेता माझीको आरोप छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |