राजविराज, २५ साउन । छिन्नमस्ता गाउँपालिकाका मैथिली अभियानी र मिलाफ नेपालको सहकार्यमा ‘सौसे मिथिला एके टोल, मैथिली जकर मायक बोल’ नाराका साथ मिथिला बोल बम अभियानको आयोजन गरिएको छ । मिलाफ नेपाल राजविराजको अध्यक्ष रमिला साहको अध्यक्षतामा मिथिला बोल बम अभियान देवघर साइकल यात्रा २०७९ को शुभारम्भ भएको छ ।
मैथिली भाषा साहित्य कला संस्कृतिको व्यापक प्रचार-प्रसार र जन-जागरणको उद्देश्यले सप्तरीको नेपाल देखि भारत देवघरको लागि देवघर साइकल यात्रा २०७९ श्रावण २४ गते मंगलबार दूई ठाउँमा कार्यक्रम गरी प्रस्थान गरिएको छ । छिन्नमस्ता गाउँपालिका वडा नं. १ विरपुर स्थित भोला बाबाको मन्दिरमा र राजविराजको राजदेवी मन्दिर पुगेर आशीर्वाद लिई प्रस्थान गरिएको छ ।
प्रसिद्ध शक्तीपीठ छिन्नमस्ता सख्ड़ेश्वरी सम्मको दर्शन गरे पश्चात वैद्यनाथ धामको लागि यात्रीहरू देवघर प्रस्थान गरेका छन् । ३५० किलोमीटर दूरी रहेको देवघर यात्राको लागि १० दिनको समय तय गरिएको छ । नेपालमै पहिलो पटक सामूहिक रूपमा उक्त टीमद्वारा नै मिथिला देवघर साइकल यात्रा २०७६ को आयोजन गरिएको थियो। दुई वर्ष देखि कोरोनाको कारण निरन्तरता दिन नसेकेको ले पुन: यस पटक देखी निरन्तरता दिइएको छ । अभियान नेपालीय र भारतीय क्षेत्रको मैथिली भाषीहरूको सांस्कृतिक सद्भाव र भाषीक समानजस्ताको लागि गरिएको हो र ठाउँ-ठाउँमा जन जागरण, भाषीक सन्देशमूलक र अन्तरक्रिया कार्यक्रम गरिने छ ।
मिलाफ संस्थापक अध्यक्ष तथा मिथिला साप्ताहिकको सम्पादक देवेन्द्र मिश्र, मिलाफ सचिव र आइ लभ मिथिला तथा मधेश एक्सप्रेस डट कमका सम्पादक विद्यानन्द बेदर्दी, संचार यात्रा तथा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन नेपालका अध्यक्ष करूणा झा, पत्रकार दीनानाथ यादव, मैसाप पूर्व अध्यक्ष तथा सूर्यांश पत्रिकाका शुभचन्द्र झा, मैथिल महिला परिष्दका प्रतिमा देव र पिंकी झा, मिलाफ संस्थापक सदस्य शम्भू श्री लगायतकाले शुभकामना प्रदान गरेका थिए । मिलाफ संस्थापक सदस्य तथा गायिका कंचना झाले महेशवाणी गित सुनाएर देवघर साइकल यात्राको लागी उक्त समुहलाई विदाइ गरीएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |