राजबिराज, २५ साउन । मिटरब्याजी रामदेव साह लाई पक्राउ गर्न पीडितहरूले बुधबार राजविराजमा विरोध प्रदर्शन गरेका छन् । विभिन्न गाउँबाट भेला भएका पीडितहरुले नाराबाजी गर्दै राजविराज बजार परिक्रमा गर्दै साह लाई पक्राउ गर्न जुलुश प्रदर्शन गरेको हो ।
पिडितहरूले “ऋण तिरिसकेको जग्गा फिर्ता गर”, “रामदेव साहलाई पक्राउ गर”, “गैरकानुनी कार्यमा सलंग्न साह परिवारलाई कारवाही गर” लगायतको प्लेकार्ड बोकेर नारा लगाउँदै प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन। इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दर्ता भएपछि मुख्य आरोपित रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाती चन्दनकुमार साह फरार रहेको जिल्ला प्रहरीले जनाएको छ।
मिटरब्याजी साह पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितले नाराजुलुस गर्दै उच्च अदालत जनकपुर, राजविराज इजलास आगाडी र राजविराजभर प्रदर्शन गरेका हुन् । हामीमाथि अन्याय भएको छ, न्याय नपाएसम्म संघर्ष गरिरहन्छौं’, संघर्ष समितिका संयोजक छेदीलाल पासवानले भने ।
यसअघि मिडियामा समाचार आइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका थिए। त्यसपछि नेपाल प्रहरीले तेलीका छोरा नन्दकिशोरलाई गत जेठ २७ सुनसरीको धरान–१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको थियो ।
ईलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दर्ता भएपछि मुख्य आरोपित रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाती चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साह फरार छन् । गत असार २२ गते मिटरब्याजी रामदेव साह तेलीका छोरा छोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |