सप्तरी, २९ साउन । सप्तरीमा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टि (जसपा) नेपालमा प्रवेश गरेका छन ।
प्रवेश गर्नेहरुमा तिलाठि कोइलाडि गाउपालिका वडा न.१ बेल्हिका कुशेश्वर यादव , परमानन्द राय , बद्रि यादव ,जय किशोर राय , रन्धिर यादव, मदन यादव, राम यादव सहित एक दर्जन नेता तथा कार्यकर्ता जिल्ला सदस्य तथा युवा नेता बिजय कुमार यादवको नेत्रुत्वमा जपसा नेपालमा प्रवेश गरेका हुन ।
उनिहरु यसअघि नेपाली काङ्ग्रेस , नेकपा एमाले, आमोवादि र लोसपामा रहेको तथा सो पार्टी परित्याग गरि जसपा नेपालमा प्रवेश गरेको युवा नेता नवनित झाले जानकारी दिए ।
नव प्रवेशिहरुलाइ जसपा नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |