सप्तरी, २९ साउन । जनमत पार्टी सप्तरीद्वारा राजविराजमा एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । जनमत पार्टी सप्तरी जिल्ला इञ्चार्ज ममता झाको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।
जिल्ला समवन्य समिति सप्तरीको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष डा. सिके राउतले आसन्न मंसिर ४ गते घोषित संघ प्रदेशको निर्वाचनको तयारी, पार्टीको भावी नीति तथा कार्यक्रम सम्बन्धि प्रशिक्षण दिएको जनमत पार्टी सप्तरीका अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिए ।
कार्यक्रममा पार्टीका केन्द्रिय पदाधिकारी एवम् सदस्यहरु, जिल्ला समिति पदाधिकारीहरु, स्थानीय तहका पदाधिकारी तथा प्रतिनिधि, जनप्रतिनिधि, बिभिन्न जनबर्गीय संगठनका प्रतिनिधिहरुको उपस्थित रहेको जनमत पार्टी सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |