सप्तरी, ३१ साउन । सप्तरीको बोदे बर्साईन नगरपालिकाका एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ देउरी निवासी १५ वर्षिय अमरेन्द्र कुमार यादवले मंगलबार आत्महत्या गरेका हुन् ।
यादवले आफ्नै घरदेखी पुर्वमा रहेको रामजानकी मन्दिरको भान्सा घरमा गम्छाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
यादवको शव पोष्टमार्टमका लागि लहान अस्पताल पुर्याइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |