राजविराज, ३१ साउन । राजविराज वडा ९ स्थित बिहारपुरमा यातायात व्यवस्था सेवा कार्यालय संचालनमा आएको छ । मंगलवार मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह र भौतिक पुर्वाधार बिकास मन्त्री रामसरोज यादब ले संयुक्त रूपमा उद्घाटन गरेको हो ।
राजविराज रूपनी सडक खण्ड अन्तरगत गीता पेट्रोल पम्पको अगाडि स्थापना भएको कार्यालय वाट ड्राइविंग-लाइसेंसको ट्राईल बाहेक का सबै सेवा यहाँ वाट उपलब्ध हुने यातायात ब्यबस्था सेवा कार्यालयका निमित प्रमुख शशीप्रसाद यादब ले जानकारी दिए।
मधेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दिपक कुमार दासको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समवन्य समिति सप्तरीका उपप्रमुख शम्भु कुमार यादव, सप्तरी उद्योग वाणिज्य संघ राजविराजका अध्यक्ष लालु प्रसाद अग्रवाल, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण कुमार प्रधान, राजविराज नगरपालिका वडा नम्बर ९ का अध्यक्ष जवाहर यादव, सगरमाथा ट्रक व्यावासायी संघ सप्तरीका अध्यक्ष जगदीश अर्याल लगायतकाले यातायात कार्यालयको सफलताको शुभकामना व्यक्त गरे ।
यहाँ यातायात कार्यालय संचालन भएपछि यातायात सम्बन्धि कामका लागि सप्तरीका सेवाग्राहीलाई लहान जानुपर्ने झन्झटबाट मुक्ति मिलेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |