राजविराज,०३ भाद्र । आफ्नै घरको बरण्डामा टेवल पङखा प्रखालमा राखी चलाई रहेको अवस्थामा अचानक हातले छुन गई हातमा करेन्ट लागेर सप्तरीमा एक युवकको मृत्यु भएको छ।
सप्तरीको बोदेबर्साईन नगरपालिका ३ मधुवन वस्ने राम आशिष यादबको छोरा १८ वर्षीय राम नरेश यादबको मृत्यु भएको हो ।
विहिबार राती करिब १० बजे करेन्ट लागेर सख्त घाइते भएका यादवको उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराजमा ल्याएपछि डाक्टरले इसिजी गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतक लासको कानुन बमोजिम पोष्ट मार्टम कार्य सम्पन्न भई घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |