राजविराज,०३ भाद्र । आज कृष्ण जन्माष्टमी देशभर मनाइँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवा र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलेले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ ।
यस पर्वमा लड्डु गोपाललाई खुसी पार्ने मौका कोही पनि गुमाउन चाहँदैनन् । आफ्नो बाल मनोरञ्जनले सारा संसारलाई मंत्रमुग्ध गर्ने भगवान् कृष्णलाई उनका भक्तहरूले धेरै नामले बोलाउँछन्। कसैले उनलाई मुरली मनोहर, कसैले कान्हा, कसैले नन्दगोपाल र कसैले माखन चोर भन्छन् ।
यस पर्वका अवसरमा विगतमा काटिएको सार्वजनिक बिदालाई सरकारले फेरि निरन्तरता दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |