राजविराज,०३ भाद्र । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर ५ जोगिनियाँ स्थित कोसी तटबंधको बाटोमा प्रदेश २-०१-००१प.७६२ नं. को मोटरसाइकल पल्टिँदा मोटरसाइकलको पछाडि सवार राजविराज नगरपालिका वडा नम्बर ९ मलेठका ४० बर्षीय अनुराधा मेहताको मृत्यु भएको छ ।
कोसी तटबंधको बाटो हुदै भारदहबाट राजविराजतर्फ आउँदै गरेको अवस्थामा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा उनी गम्भीर घाइते भएकी थिइन् । उनको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन ।
मोटरसाइकल चालक मृतकको श्रीमान् विजय मेहता भने सकुशल रहेको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता एव डिएसपि माधव प्रसाद काफ्लेले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |