शुभ नारायण यादव, सप्तरी ,०५ भाद्र । पछिल्लोपटक सप्तरीको सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सक्रियता बढाएपछि धमाधम अबेध समानहरु बरामद हुन थालेको छ । सोहि क्रममा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिकामा अबेध गाजा तस्करीको प्वान्ट बनेको अवस्थामा सशस्त्र प्रहरीले ७ महिनाको अबधिमा तीन पटक गरि ठुलो परिणाममा गाजा बरामद गर्न सफल भएको छ ।
नेपालबाट अबेध रुपमा चोरि छुपि भारततर्फ तस्करि गरि लगिदे गरेको अवस्थामा सशस्त्र प्रहरीले ठुलो परिणाममा गाजा बरामद गरेको हो । हनुमाननगर कङ्कालिनि नगरपालिका वडा न.१ स्थित कोशि ब्यारेजबाट आज बिहान ९ पोका अर्थात २४० किलो अबेध गाजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प भारदहका सशस्त्र प्रहरी निरिक्षक उमेश कुमार आलेको कमान्डमा खटिएको सशस्त्र प्रहरीको मोबाइल गस्ति टोलिले चेकचाज गर्ने क्रममा विशेष सुचनाको आधारमा उक्त ठुलो परिणाममा गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडकाले जानकारी दिएका छन् ।
खडका अनुसार पछिल्लोपटक प्रदेश न. १ को सुनसरि र मधेश प्रदेशको सप्तरीमा अबेध गाजा तस्करहरु सकृय रहेको अवस्थामा सिमावर्ति नाकामा चेकजाचमा कडाइ गरेपछि उक्त ठुलो परिणाममा गाजा बरामद भएको जानकारी दिएका छन् ।
त्यस्तै पछिल्लो ७ महिनाको अबधिमा सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ स्थित कोशि ब्यारेजबाट झण्डै तीन पटक गरि कुल ४९० किलो गाजा बरामद गरेको बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खडका आएदेखि हालसम्ममा सप्तरीबाट झण्डै १३ करोड मूल्य बराबरको गाजा बरामद गर्न सफल भएको छ ।
यस्तै गत असार ७ गतेमा जिल्लाको हनुमाननगर कङकालिनि नगरपालिका वडा न.१ स्थित कोशि ब्यारेजबाटे १० लाख २८ हजार मूल्य बराबरको झन्डै १७५ किलो अबेध गाजा बरामद गरिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |