राजविराज,०५ भाद्र । सप्तरीको खडक नगरपालिका ११ स्थित लालपुरमा शनिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
पानी तान्ने मोटरमा नुहाउने क्रममा अचानक करेन्ट प्रवाह भएपछि लखन रामको १६ वर्षीया छोरी कमला कुमारी रामको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
केहि हप्ता अगाडी यस खडक नगरपालिका लालपुरमा खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षिय एक जना वृद्धको मृत्यु भएको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |