राजविराज, ०६ भाद्र । तिलाठी कौइलाडी गाउपालिकाका उपाध्यक्ष फुलकुमारी साह माथि जिल्ला प्रशासन कार्यालय राजविराजमा मुद्धा दर्ता भएको छ ।
तिलाठी कौइलाडी गाउपालिका वार्ड नंम्वर ६ घरभएकी उपाध्यक्ष विरुद्ध सोही वाड वस्ने शिवनारायण मण्डलको पत्नी सुनीता देवी मण्डलले मुद्धा दिएकी छिन । मिटर व्याजीको कसुरमा आवश्यक कारवाही गर्न माग गर्दे सुनीता देवी मण्डलले उजुरी दिएपछि मुद्धा दर्ता भएको जिल्ला प्रशासन कार्यालय राजविराजले जानकारी दिएका छन् ।
उजुरीकर्ताका सासु लक्ष्मिनिया देवी तथा ससुरा नैमानी मण्डलले विक्रम सम्वत २०६१ सालमा दुई चोटी गरी ४० हजार लिएको श्रृण व्याज सहित फिर्ता गरेपनि श्रृण वापत मुल्य अनुपात भन्दा कैयो गुना बढि मूल्यको पारित गरेको जग्गा हाल सम्म फिर्ता नगरेको आरोप उपाध्यक्ष फुलकुमारी साह माथि लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा मिटरब्याजी विरुद्ध १ सय १४ वटा उजुरी दर्ता भएको छ । गृह मन्त्रालयले आइतबारसम्म अन्तिम म्याद राखेर मिटरब्याजी विरुद्ध उजुरी दिन आह्वान गरेको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |