राजबिराज, ०७ भदौ । गुणस्तरीय शिक्षामा सुधारका लागि समुन्नति कार्यक्रम अन्तर्गत शिक्षकहरूको लागी साक्षरता तथा गणितीय सीप प्रवर्द्घन सम्बन्धी ५ दिने तालिम सम्पन्न गरेको हो।
मंगलबार राजबिराज स्थित सेभद सप्तरीको सभाहलमा सेभद सप्तरीको आयोजनामा तथा सेभद चिल्ड्रेनको सहयोगमा ५ दिने तालिमको समापन गरिएको हो।
तालिममा जिल्लाका राजबिराज नगरपालिका, तिलाठी कोइलाडी गाउपालिका, विष्णुपुर गाउपालिका, छिन्नमस्ता गाउपालिका का शिक्षक शिक्षिकाहरूको सहभागितामा गणितीय तथा साक्षरता सीपको माध्यमबाट शिक्षण शिकाईमा टेवा पुग्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताईएको छ ।
पालिका स्तरमा विद्यालयहरूको शैक्षिक गुणस्तर को सुधार र बृद्वि सँगै गुणस्तरीय शिक्षामा अभिवृद्धिका लागि शिक्षकशिक्षिकाहरूलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गर्दै आएको सेभद सप्तरीका दुर्गानन्द शर्माले जानकारी दिए ।
यस तालिमबाट साक्षरता तथा गणितीय सीपहरू बारेमा जानकारी हुनुको साथै शिक्षण सिकाइमा सहयोग हुनेछ भने एकीकृत पाठ्यक्रम सम्बन्धी समान्य जानकारी तथा कक्षागत र विषयगत सिकाइ उपलब्धि बारेमा जानकारी हुने बताउनु भयो ।
पठन सीपको अवधारण तथा पठन सिपका तत्त्वहरू र पठन, गणितीय सिपका तत्त्वहरू सँगै सम्बन्धी सिकाइ सामग्रीहरूको निर्माण तथा प्रयोग बारेमा जानकारी हुने तालिमका प्रशिक्षक अर्जुन कुमार यादव ले बताउनु भयो।
सेभद चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलनाथ निरौलाले विद्यालयमा धेरै शैक्षिक सामग्रीहरू छन्, भएका सामग्री मध्ये गणितीय विधि र सीपको कक्षा कोठामा प्रयोग गरि उनीहरूको क्षमता र उन्नति तथा शिक्षण सिकाईमा दिगोपना हुने विश्वास व्यक्त गर्नु भयो ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विजय मण्डल ले गुणस्तरीय शिक्षामा सुधार गर्न साक्षरता र गणितीय सीप ले शिक्षण सिकाई लाई जोडेर बालबालिकालाई सिकाइमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सेभद सप्तरी का अध्यक्ष ध्रुव प्रसाद देवले समुदाय विद्यालयमा गुणस्तरीय शिक्षामा सुधार ल्याउनका लागि पालिकाका प्रमुख, शिक्षा शाखा र विद्यालयका ब्यवस्थावाट समिति र शिक्षक शिक्षिकाहरूले वाल बालिकाहरूलाई टिकाउने र बिकाउन उद्देश्यले विद्यालयमा शिक्षण शिकाईलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।
यस अगाडि जिल्लाका तिलाठी कोईलाडी गाउपालिका, राजबिराज नगरपालिका, बिष्णु पुर गाउपालिका, छिन्मस्ता गाउपालिका मा पटकपटक गरी ४ चरणमा ५२ वटा विद्यालयका कक्षा १ र २ का शिक्षक शिक्षिकाहरूलाई साक्षरता तथा गणितीय सीप प्रबर्द्धन सम्बन्धी प्रशिक्षण दिएको संस्थाका फिल्ड अधिकृत दुर्गानन्द शर्माले जानकारी दिएका छन ।
तालिममा तिलाठी कोइलाडी गाउपालिका, राजबिराज नगरपालिका, बिष्णु पुर गाउपालिका, छिन्मस्ता गाउँपालिकाका कक्षा १ र २ का २५ जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष ध्रुव प्रसाद देवको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विजय मण्डल, सेभद चिल्ड्रेनका बरिष्ठ कार्यक्रम संयोजक खिलनाथ निरौला, प्रशिक्षक अर्जुन कुमार यादब, पत्रकार चन्दनकुमार यादव लगायतले तालिममा सहभागीहरूलाई प्रमाणपत्र बितरण गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |