राजविराज, १० भाद्र । बरख गणको व्यवस्थापकीय तथा प्राविधिक सहयोगबाट राजदेबी मन्दिरमा निर्मित संरचनाहरूको एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।
आज शुक्रवार सप्तरीको राजबिराज नगरपालिका २ स्थित राजदेबी मन्दिरमा एक कार्यक्रम बिच निर्माण गरिएको संरचनाको बरख गणका गणपति दुर्गा बहादुर थापाले कार्यवाहक नगर प्रमुख ईसरत प्रविण लाई हस्तान्तरण गरेको हो ।
मन्दिर परिसर भित्र भक्तजनको प्रतीक्षालय को लागि सेड निर्माण सँगै मन्दिर को दक्षिण खाली जग्गामा टायल्सको लगायतको संरचना निर्माण गरिएको छ ।
उक्त अवसरमा प्रमुख अतिथि कावा नगर प्रमुख ईसरत प्रविणले मन्दिरमा निर्माण गरिएको भौतिक संरचनाको संरक्षण गर्नुपर्नेमा जोड दिइन्, उनले भने नगरको समग्र विकासका लागि सबैको सहयोग र इमानदारिता, र पारदर्शिताले काम गरेमा नगरको विकास चाडे हुने विश्वास व्यक्त गरिन ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व मेयर शैलेश चौधरीको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, बरख गणपति दुर्गा बहादुर थापा, प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, वडा अध्यक्ष अरुण यादव, रेडक्रस सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झा, मन्दिरका पुजारी भोला चौधरी, लगायतको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |