एजेन्सी । विश्वका धनीहरुको सूचीमा उद्योगपति गौतम अडानी तेस्रो नम्बरमा परेका छन् । उनले लुइस भिटनका प्रमुख बर्नार्ड अर्नाल्टलाई पछि पारेका छन् ।
विश्वका धनीहरूको सूचीमा यो स्थान पाउने अदानी पहिलो भारतीय र पहिलो एसियाली हुन् । ब्लूमबर्ग इन्डेक्सका अनुसार अब अदानी अमेरिकाका शीर्ष उद्योगपति तथा टेस्लाका सीईओ एलोन मस्क र अमेजन प्रमुख जेफ बेजोसभन्दा अगाडि छन् ।
ब्लूमबर्गको बिलियनियर्स इन्डेक्सका अनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति १३७.४ बिलियन डलर छ । टेस्लाका प्रमुख र विश्वका सबैभन्दा धनी एलोन मस्कको कुल सम्पत्ति २५१ अर्ब डलर छ भने अमेजनका संस्थापक र सीईओ जेफ बेजोसको कुल सम्पत्ति १५३ अर्ब डलर छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |