राजविराज, १७ भाद्र । सप्तरीको महादेवा गाउँपालिकामा शुक्रबार विभिन्न पार्टी परित्याग गरि सयौँ नेताकार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छ्न ।
महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष दीपक कुमार यादवको नेतृत्वमा काँग्रेस, एमाले, माओवादी, लोसपा लगायतका विभिन्न पार्टी परित्याग गरि सयौँ नेताकार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।
जसपा महादेवा गाउँपालिका द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशी नेताकार्यकर्तालाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले माला, टिका लगाएर पार्टी प्रवेश गराए ।
जसपा महादेवा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का सांसद उपेन्द्र यादव, केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) का सांसद मनिष कुमार सुमन, पार्टीका केन्द्रिय सदस्य एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. सूर्य नारायण यादव, पार्टीका राजनीतिक समिति सदस्य एवम् मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, मधेश प्रदेश सांसद नेत्रविक्रम साह, राजनीतिक समिति सदस्य अमरनाथ मण्डल, शिव बहादुर बस्नेत, केन्द्रिय सदस्य अशोक यादव, केन्द्रिय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, सविता यादव, गीता यादव, मधेस प्रदेशका मुख्य सचिव दिनेश कुमार यादव, सचिव युसुफ अलि, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतका पार्टीका केन्द्र प्रदेश, जिल्ला र स्थानीय तहका विभिन्न तहतप्काका नेताकार्यकर्ताहरूको उपस्थिति रहेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |