सप्तरी, १७ भाद्र । सप्तरीको बलान बिहुल गाउँपालिकाको चन्ही २ मा दुर्गातारा राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण हुन थालेको नव निर्मित भवनको शिलान्यास गरिएको छ ।
आज वैदिक विधिपूर्वक पूजाआजा गरी गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले भवनको शिलान्यास गरेका हुन् ।
भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले शिक्षाको क्षेत्रमा भौतिक पुर्बाधारहरु निर्माणमा गाउँपालिका लागि परेको बताउदै गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक सबै लाग्नु पर्ने बताए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ वटा कोठा निर्माण हुन लागेको भवन ३६ लाख मा निर्माण हुन थालेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मो. नसिम राईनले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |