राजविराज, २३ भाद्र । नेकपा माओवादी केन्द्रले सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य र पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादवलाई प्रदेशसभा सदस्यका लागि सिफारिस गरिएको छ ।
उक्त क्षेत्रबाट यादवलाई नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो । सप्तरी निर्वाचन क्षेत्र नम्वर २ समिति को बैठकले यादवको नाम सर्वसम्मत रूपमा प्रदेश सभा सदस्य पदका लागि सिफारिस गरिएको पार्टीका जिल्ला सदस्य दिपेन्द्र माझीले जानकारी दिए ।
यादव यसअघि २०७० को निर्वाचनमा तत्कालीन सप्तरी क्षेत्र नम्वर ३ (हाल २) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |