राजविराज, २५ भाद्र । नेकपा माओवादी केन्द्रका युवा नेता महेश प्रसाद यादव लाई सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस भएको छ ।
हाल राजविराज नगरपालिका वडा नम्बर-९ साविक सप्तरीको रायपुर जन्मथलो रहेका यादवलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर २ समिति को बैठकले प्रत्यक्षतर्फ सिफारिस गरेको पार्टीका सप्तरी जिल्ला इन्चार्ज अशोक कुमार मण्डल (अमर) ले जानकारी दिए ।
राजविराज नगरपालिका र महादेवा गाउँपालिका को वडा नम्बर-१ पकरी तथा वडा नम्बर-३ बथनाहा यस निर्वाचन क्षेत्र २ को (ख) मा पर्दछ ।
प्रारम्भिक शिक्षा रायपुरमा हासिल गरेका यादव राराव क्याम्पस जनकपुरबाट स्नातक गरेका छन । २०५२ सालमा अनेरास्ववियु राराव क्याम्पस जनकपुरको प्रारम्भिक ईकाइ कमिटीका अध्यक्ष भई, २०५५ सालमा राराव क्याम्पस जनकपुरको स्वबियु सभापति, स्वबियु काउन्सिलका सचिवमा निर्वाचित भएका थिए ।
यादवले २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा पराजित भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |