यहाँ निलम्बित हरु पूर्व पदीय हैसियतमै ‘अतिथी’ बन्छन्, तिनकै आसन ग्रहणमा हाम्रा हातले थपडी पड्काउँछन्, बेथिति बारे बोल्न ओठ खुल्दैन, औंला चल्दैन मानौं हामीलाई लकवा लागेको छ तर चमत्कारी बाबाको प्रायोजनको खामबन्दी बुटीले मानौं दैवी चमत्कार गरेको छ, बोली फिर्छ, चाकडीका लागि हात हरु जोडिन्छन्, ओठहरू भजनमा व्यस्त हुन्छन्, तिनका भक्तिभावको सङ्गीत संयोजन गर्न किबोर्डहरु चल्छन्, औँलाहरू चलायमान हुन्छन् ।
तर विडम्बना
शिक्षाको एउटा ‘द्योतक’, मासिनै लागेको कोमामा पुर्याइएको एउटा पुस्तकालयको जीवन रक्षा र पुनर्स्थापनाको लागि ऐक्यबद्धता जनाउनु पर्दा हाम्रा बोलीहरू अचानक भासिन्छन्, ओठहरू, औँलाहरू अनि हामीलाई श्रमजीवी बनाउने हतियारहरूमा खिया पर्छ, जाम हुन्छन् र सुक्छन् । अनि अचानक निरीह र अपाहिज हुन्छौं हामी । न गर्ने जोस जाग्छ, न त त्यसबारे आवाज उठाउने हिम्मत नै जाग्छ न त आँट गर्ने लाई ढाडस दिने, साथ दिने र सँगै हिँडने ल्याकत तै राख्छौँ हामी । चाकडीको रोगले अचानक गाँजिन्छौ ।
सही कदम उठाउनेको होस्टे मा हैँसे गर्ने साहस मरेर जान्छ, किनकी हामी त्यही चमत्कारी बाबाको खामबन्दी बुटीले रोबर्ट कै जिन्दगी किन नहोस्, बाँचेका त छौं, आफूलाई यहाँको बुद्धिजीवी, श्रमजीवी र ठेकदार भनेर त स्वघोषणा गर्न सकेका छौं ।
एजेण्डा, आम जनताका आवाज नै किन नहुन जति सुकै सही नै किन न हुन, आखिर अरुकै त हो नी, उ नै त हिरो हुने हो नी भन्ने मानसिकताले गाँजिएर जुँगा नहुने नामर्द हामी, जुँगाकै लडाइँमा व्यस्त छौं । किनकी हाम्रो बाँच्ने आधार आखिर चमत्कारी बाबाको खामबन्दी बुटी निर्भर छ । यो बडा अचम्मको बुटी छ, जसले घरको ग्यास बल्छ, बाइक चल्छ, पान अनि गुट्खा र सोम रस पनिको कमी हुँदैन । धन्य बाबा छन् र हामी छौं ।
एजेण्डा झिक्ने भन्दा एजेण्डामा बोकेर हिड्ने र त्यसलाई निर्णयमा पुर्याउने नै हिरो हुन्छ भन्ने सम्म नबुझ्ने हाम्रो विद्वत्ता हो की चमत्कारी बाबाको खामबन्दी बुटीको प्रभाव ? बुझ्न सकिएन, किन भने त्यो क्याल्कुलेसन गर्ने दिमागमै अरुको कब्जा छ ।
(बिमल न्यौपाने को फेसवुक वाल वाट)
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |