राजविराज,२६ भाद्र । राजबिराज नगरपालिका को मुख्य बजार क्षेत्रमा फुटपाथको संरचना र अतिक्रमका कारण सर्वसाधारणलाई आवतजावत मा सास्ती भोग्नु परेको छ ।
बजार क्षेत्रको अव्यवस्थित पार्किङ तथा सर्वसाधारण हिड्ने सडकपेटी र फुटपाथमा अतिक्रमण गरी राखिएका पसल र पसल राख्न बनाइएका अनधिकृत संरचना नहटाउँदा सर्वसाधारण लाई हिँडडुल गर्न कठिनाइ हुने गरेका छन् ।
मुख्य गरेर गजेन्द्र चौक देखि डा. अशोकानन्द क्लिनिक सम्म‚ नेता चौक देखि पश्चिम र हटिया को साँघुरो गल्लीमा अनधिकृत रूपमा राखिएको पसलका समानहरूले गर्दा आवतजावत मा समस्या हुने गरेको स्थानीय हरू गुनासो गर्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय देखि दक्षिण राममन्दिर सम्म को नयाँ सडक निर्माण भएको सडक को दुवै पटी सर्वसाधारणका लागि हिँडडुल गर्न बनाइएको सडकपेटी सहित रेलिङ भित्र फुटपाथ पसलहरू राखेपछि सर्वसाधारणलाई हिडन निकै समस्या भईरहेको स्थानीय डम्बर नारायण दासले गुनासो गरे ।
बसपार्क निर्माण हुन नसक्दा नगरको गजेन्द्र चौक सहित बजार कै मुख्य सडकमै बसपार्क सञ्चालन गरेपछि दैनिक रूपमा सानो तिनो दुर्घटना हुने गरेको छ ।
मुख्य गजेन्द्र चौकमा छाडा चौपाया गाईबस्तु र बस पार्क‚ अनधिकृत रूपमा राखिएको मोटरसाइकल एकै ठाउमा भएपछि दैनिक रूपमा सर्वसाधारणलाई आवतजावत गर्न समस्या भइरहेको छ भने सानो तिनो दुर्घटना समेत हुने गरेको स्थानीयवासीहरूले गुनासो गर्दै आएको छ ।
यता राजबिराज नगरपालिका कार्यवाहक नगर प्रमुख ईसरत प्रविणले नगरको मुख्य क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना तथा पसलहरू हटाउन निर्देशन दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |