राजविराज, २६ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) सप्तरीले महिला नेतृ पुनम यादब लाई २ (ख) वाट समानुपातिकमा सिफारिस गरेको छ । तिरहुत गाउपालिका ४ डिमन स्थायी घर भएकी यादव हाल राजबिराज वडा ५ मा बस्दै आएकी छिन ।
उनी हाल सम्म तिन पटक समानुपातिक सीटका लागि सिफारिस भए पनि सफल हुन सकेको छैन । पछिलो पल्ट निर्वाचन आयोग सम्म पुगेर पनि पछि फिर्ता भयो थियो । यसपालि पनि चौथो पल्ट लोसपा नेपाल क्षेत्रीय कार्य समिति बाट सर्वसहमति वाट उनको नाम सिफारिस भएको लाेसपा जिल्ला कोषाध्यक्ष मनाेज कुमार झा ले जानकारी दिए ।
महिला नेतृ यादबले राजनीतिक यात्रा गजेन्द्र बाबू नेतृत्वको नेपाल सदभावना पार्टीको भातृ संगठन तत्कालीन महिला मञ्च बाट २०४८ साल देखि सुरु गरेकी थिइन। महिला मंच को जिल्ला कार्य समिति हुँदै महिला मंचको केन्द्रीय महासचिव र केन्द्रीय उपाध्यक्ष समेत भई अन्तर पार्टी महिला संजालको पनि लामो समय सम्म कुशल नेतृत्व गरिसकेकी छिन ।
लाेसपा पार्टीको केन्द्रीय सदस्य रहेकी उनी ऋतिक रोशन आन्दोलन देखी २०६३-६४ को मधेश आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरि एउटा कुशल नेतृत्वको जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छिन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |