राजविराज, २७ भाद्र । नेकपा माओवादी केन्द्र सप्तरीले संघ र प्रदेशका लागी प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेका छन ।
नेकपा माओवादी केन्द्र सप्तरीका ईन्चार्य तथा केन्दिय सदस्य अशोक कुमार मण्डल (अमर) ले संघ र प्रदेशका लागी प्रत्यक्ष तर्फका सम्भावित उम्मेदवारको नाम केन्द्रीय कार्य समितिमा पठाएको हो ।
सम्भावित उम्मेदवारहरु मा प्रतिनिधि सभा क्षेत्र नं.१ बाट अशोक कुमार मण्डल (अमर), सुर्यनाथ यादव रहेको छ । त्यस्तै प्रदेश सभा १ (क) बाट शम्भु खडका,सत्य नारायण चौधरी, प्रदेश सभा १ (ख) बाट अशोक कुमार मण्डल (अमर) र सूर्यनाथ यादव लाई सिफारिस गरिएको छ।
यसैगरी प्रदेश २ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य २ ख को लागि कसैको नाम पठाइएको छैन भने प्रदेश सभा २ (ख) बाट महेश प्रसाद यादव,उमेश कुमार यादव पठाइएको छ।
त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नं. ३ बाट शेर सिंह, कर्मलाल यादव, प्रदेश सभा ३ (क) बाट अरुण कुमार साह, श्याम नारायण चौधरी, प्रदेश सभा ३ (ख) बाट श्रृषि यादव, कलाम खाँ को नाम पठाइएको छ।
पार्टीले प्रतिनिधि सभा क्षेत्र नं.४ बाट कर्मलाल चौधरी, प्रदेश सभा ४ (क) बाट रुबी कुमारी कर्ण, प्रदेश सभा ४ (ख) बाट डा.सुर्या प्रसाद यादव र किरण यादव को नाम सिफारिस गरि नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको नेकपा माओवादी केन्द्र सप्तरी इन्चार्ज अशोक कुमार मण्डल (अमर) द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |