सप्तरी, २७ भाद्र । विभिन्न पार्टी परित्याग गरी सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ समितिद्वारा आज सोमबार मंसापुर चौकमा आयोजित एक समारोहका बीच उनीहरु जसपा मा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका राजनैतिक समिति सदस्य एवम् मधेश प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले गम्छा र टीका लगाएर पार्टी प्रवेश गराएका छन् ।
उक्त पार्टी प्रवेश कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जिवछ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जुगेश्वर मण्डलको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी २ सय र राजेन्द्र मण्डलको नेतृत्वमा १ सय ५० गरी ३ सय ५० जना नेताकार्यकर्ता जसपा मा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा जसपा नेता मुरली प्रसाद साह, तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हरि नारायण मण्डल, जिल्ला कार्यकारिणी सदस्य निरज मुक्ति, तारकेश्वर यादव, पुर्व उपाध्यक्ष सुजिता यादव लगायतका जसपा का स्थानीय नेताकार्यकर्ताहरूको उपस्थिति रहेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |