सप्तरी, २८ भाद्र । सनातन परम्परा अनुसार गाउँको रक्षा, उन्नति र समृद्धिका लागि ग्रामदेवता अर्थात डिहबार बाबाको रुपमा पुजा गर्ने प्रचलन परापूर्वकालदेखि नै चलिआएको परम्परा छ । तर मठ मन्दिरमा दान दिने र संरक्षण गर्ने प्रचलन हटेर अतिक्रमण गर्ने प्रचलन पनि उतिकै देखिन्छ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वाड नम्बर ७ बभनगमा स्थित डिहबार थान को जग्गा अतिक्रमण गरी केही व्यक्ति ले आफ्नो निजी स्वार्थको लागी वर्षौ देखि भोग चलन गर्दै आएको जन गुनासो छ ।
स्थानीय एक जनाले भने ‘मठ मन्दिरको नाम मा करोड बजेट खर्चिन्छ तर यस वडाको डिहबार थान अहिले सम्म जस्ताको त्यसतै छ, कसलाई भन्नु यहाँ को दुर्दशा अर्को कुरा डिहबार थानको ४ कठा जमिन थियो । तर चारै तिर बाट अहिले अतिक्रमण भएको’ गुनासो गरे ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहअन्तर्गत रहेका सार्वजनिक संरचना संरक्षणको जिम्मेवारी सम्बन्धित पालिकालाई दिए पनि संरक्षण हुन सकेको छैन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |