राजविराज, ३० भाद्र । धनराज अर्थो न्युरो हेल्थ होम प्राली को आयोजनामा राजविराजमा १५ दिने निशुल्क स्वास्थ्य शिविर विहीवार सम्पन्न भएको छ । शिविर यही भदौ १५ गते देखि सञ्चालन भएको थियो ।
आफ्नो छठौ वार्षिक उत्सव र विश्व फिजियो थेरापिस्ट दिवसको उपलक्ष्य मा स्थानीय वासीलाई केही लाभ होस भन्ने उद्देश्यले आफ्नै धनराज अर्थो न्युरो हेल्थ होम प्रालीको भवनमा शिविर सञ्चालन गरिएको हेल्थ होम प्रा ली का निर्देशक डा. गणेश शर्माले बताए ।
निशुल्क स्वास्थ्य शिविरमा हार्ड जोर्नी, नशा रोग तथा प्यारालाइसिसको समस्या भएका बिरामीहरूलाई उपचार गरिएको निर्देशक डा. शर्माले जानकारी दिए । शिविरमा नेपाल तथा भारतका विशेषज्ञ फिजियो थेरापिस्ट डाक्टर हरूको सहभागी थियो ।
शिविरमा सप्तरी लगायत भारतका सीमावर्ती गाऊ का बिरामी हरू शिविर बाट लम्भावित भएका छन्। बिरामीको चापले गर्दा भोलि भदौ ३१ गते सम्म शिविर सञ्चालन रहने छ डा. गणेश शर्माले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |