राजविराज, ३१ भाद्र । सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर-१ स्थित पकरी र सोनरा विद्यालय भवन निमार्ण मा छतको प्लास्टर र सिढी नबनाई रकम हजम गरेको पाइएको छ ।
उपभोक्ता समिति , प्राविधिक र निर्माण कार्यको ठेक्का लिएको ठेकेदार समेतको लापरवाहीको कारण भवनको छतको प्लास्टर र सिढी नबनाई रकम हजम गरेको पाइएको हो । जसको कारण भवनको थप संरचना निर्माण कार्य प्रभावित हुने सम्भावना पनि त्यतिकै बढेको दुखोस् स्थानीयले पोखेका छन् ।
स्थानीय रमेश यादवका अनुसार भवनको उद्घाटन गत भदौ ४ गते मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले गरेको दिन छत हेर्न गएपछि आश्चर्यचकित भएको बताउनु भयो । मधेश प्रदेशका सामाजिक विकास मन्त्री साहले आर्थिक बर्ष २०७८ /०७९ मा मधेश प्रदेश संसदीय कोषको समाजिक विकास मन्त्रलाय अन्तर्गतका पकरी माविमा ५० र सोनरा राप्राविमा ३० गरी ८० लाख बजेट विद्यालय भवन निर्माण कार्यको लागि बिनियोजन भएको विद्यालय भवन निर्माण उपभोक्ता समितिबाट २० प्रतिशत पिसी लिएर बजेट विनियोजन गरेको स्थानिय को उपभोक्ताको आरोप छन । भवन निर्माण गर्न छतको प्लास्टर र सिढी नबनाएको कारण भवनको संरचना नै बिग्रेका छन् ।
यादवले भवनको निर्माण कार्यका जिम्मेवारी लिएकाहरूले पहिलो चरणमा नै संरचना बिगारेकोले अब थप चरणमा हुने गुणस्तर कार्यको लागि चुनौति छ, यस्तो कार्य गर्नेहरूमाथि सम्बन्धित निकायहरूले छानविन गरी दोषीहरूलाई कानुनी कार्यवाही गर्नुपर्छ ।’ भवनको निर्माण कार्यको लागि गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादवलाई स्थानीय गाउँ, समाजका जानकारहरूले सुझाव सल्लाह दिदा उल्टै अध्यक्ष यादवले झपार दिने गरेको स्थानीय हरु बताउ छन् । भवन निर्माणमा एक दिन पनि इन्जिनियर देख्नन समेत नआएको स्थानीय हरुको आरोप छ ।
गत आर्थिक बर्ष २०७८/०७९ मा मधेश प्रदेश संसदीय कोषको समाजिक विकास मन्त्रलाय अन्तर्गतका पकरी माविमा ५० र सोनरा राप्राविमा ३० गरी ८० लाख बजेट विद्यालय भवन निर्माण कार्यको लागि बिनियोजन भएको विद्यालय भवन निर्माण उपभोक्ता समितिले जानकारी गराएका छन । पकरी मा.वि.विद्यालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष हरि नारायण यादव थियो भने सोनरा राप्राविमा भुवनेशवर मण्डल थिए।
प्राविधिकले तयार गरेको स्टीमेट अनुसार दुवै विद्यालय भवनको निर्माण कार्य उपभोक्ता समितिले नगरेको आरोप स्थानीय महेन्द्र यादवले लगाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |