राजबिराज, १ असोज । सप्तरीको महदेवा गाउपालिका वडा ६ स्थित ढिकुली मा एक पूर्व प्रहरी हबलदार आफ्नै दाइको कुटाइ बाट घाईते भएका छन् ।
गत शुक्रवार पुर्व हबल्दार जनक यादव लाई आफ्नै दाइ गंगाराम यादव र उनका छोरा पिन्टु यादवले कुटपिट गरेको हो । जग्गा जमिनमा साँधसिमाना मिचेको भन्दै दाइ गंगाराम र उनका छोरा पिन्टुको कुटपिटबाट जनकको अगाडिको दाँत भाँचिएको छ ।
यता घाईते जनकको उपचार राजबिराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराइरहेको परिवारजनले जानकारी गराएका छन् । यस अगाडि पनि बारम्बार जग्गा साँधसिमानाका कारण आफूलाई गालीगलोज गर्दै आएको पीडित जनक यादवले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |