राजविराज, ४ असोज । संविधान दिवसको अवसरमा मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिले दिएको आममाफी पाउनेमध्ये रुबेदा खातुन पनि आममाफी पाएकी छिन् ।
२० असार २०७३ मा जिल्ला अदालत, सप्तरीले रुबेदा लाइ जन्मकैदको फैसला गरे पनि उनी ९ वर्षमै रिहा भएकी छन् । राजविराज कारागारमा रहेकी उनलाई सोमबार रिहा गरिएको छ ।
आफ्नो प्रेममा बाधक बनेको भन्दै रुबेदाले आमा नुरजहाँ को सहमतिमा योजना बनाई आफ्नै बुवा संविधानसभा सदस्य सदरुल मियाँ हकको हत्या गराएकी थिइन् । हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय पाएकी रुबेदाकी आमा नुरजहाँ भने २० साउन २०७४ मै थुनामुक्त भइसकेकी छन् ।
६ जेठ २०७० को राति हकको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । हक २८ चैत २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सप्तरीको तत्कालीन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |