राजविराज, ७ असोज । राजबिराज नगरपालिकाको कार्यवाहक (कावा) नगरप्रमुख ईसरत प्रविण काे अगुवाइमा राजबिराज स्थित मालपोत अगाडिका अतिक्रमण गरी राखेका पसलहरू हटाउँदै छन् ।
सर्वसाधारणलाई आवतजावतमा कठिनाइ सँगै सानो तिनाे दुर्घटना हुने गरेकाले अनाधिकृत रूपमा पसल र तरकारी पसल गर्नेहरूलाई हटाउन लागेको हो ।
अतिक्रमणले बजार क्षेत्र नै कुरूप बन्न थालेपछि र बारम्बार सर्वसाधारणको गुनासो बढ्न थालेपछि बजार क्षेत्रको अतिक्रमण हटाउन लागेको स्थानीय युवा खेलानन्द दासले बताए ।
२०७४ मा राजबिराज हटियामा रहेको पसल फुटपाथ गिलेशन र सेड हरु हटाएर सो ठाउँमा नयाँ सेड हरू निर्माण गर्ने योजना सहित सो सबै पसल र फुटपाथ हरू राजबिराज नगर पालिका ले हटाएको थियो र. ती सबै पसल र फुटपाथ हरु लाई सडक को पेटी र हटिया को छेउ छाउमा तत्काल व्यवस्थापन गरेको थियो । .
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |