राजविराज, ७ असोज । सप्तरीका पर्यटन स्थलहरूको उचित सम्बर्द्वन गरी आन्तरिक पर्यटन भित्राउनु पर्नेमा होटल तथा पर्यटन व्यवसायीहरूले एक कार्यक्रममा बताएका छन् ।
शुक्रवार राजबिराजमा नेपाल एसोसिएसन टुर एण्ड ट्राभल्स द्वारा प्रदेशस्तरीय आयोजित शुभकामना आदान प्रदान तथा पर्यटन अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएको हो ।
कार्यक्रममा होटल तथा पर्यटन व्यवसाय सँघ मधेश प्रदेशका अध्यक्ष मोहन प्रसाद शर्माले मधेश प्रदेशको पर्यटन व्यवसायलाई आन्तरिक रूपमा प्रबर्द्वन गर्नका लागि सिरहा र सप्तरीका धार्मिक पर्यटकीय स्थलहरूको समर्बद्वन गरी पर्यटकीय भित्रयाउने लक्ष्य लिएको बताउनु भयो ।
मधेश प्रदेश सरकारले ५ वर्षमा मधेशका धार्मिक र पर्यटकीय स्थलहरूको उचित संरक्षण गर्न नसकेको र धार्मिक पर्यटकीय स्थलहरूको सम्बन्धी जिल्लाहरूमा होडिंग बोड समेत राख्न नसक्नु दुखद रहेको बताए । उनले भने प्रदेश सरकार र स्थानीय निकायले मधेश प्रदेश अन्तर्गत आन्तरिक पर्यटन स्थलहरूको उचित सम्बर्द्वन र विकास गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
अन्तरक्रिया कार्यक्रम होटल तथा पर्यटन व्यवसाय संघका सप्तरी अध्यक्ष तथा पूर्व नगरप्रमुख शैलेश चौधरीले सप्तरीको आन्तरिक पर्यटन ल्याउनका लागि छिमेकी देश भारतका पर्यटनहरूलाई भित्र्याउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने राजनीतिक पहुँच नभएकै कारण सप्तरीको धार्मिक र पर्यटकीय स्थलहरूको उचित सम्बर्द्वन र व्यवस्थापन हुन नसक्नु दुखद रहेको बताए ।
यसैगरी सप्तरी उधोग वाणिज्य पूर्व अध्यक्ष अरुण प्रधानले स्थानीय निकायले आफ्नो क्षेत्रको पर्यटकीय स्थलप्रति गम्भीर भई आन्तरिक पर्यटक भित्राउन भूमिका खेल्नुपर्ने बताउँदै भने मधेश प्रदेशलाई हब बनाउने लक्ष्य अनुसार पर्यटकीय क्षेत्रको विकास गर्नुपर्नेमा जोड । उनले भने सप्तरीका शिवशनिधाम, लोहजरा दह, धारापानी, दुधेला खोला, कृष्णसवरण स्थल लगायतका स्थलहरू स्थानीय निकायको लापरवाही कारण ओझेलमा परेको बताउनु भयो ।
यसैगरी नेपाल पत्रकार महासँघका अध्यक्ष श्रवण देवले स्थानीय तहले पर्यटकीय क्षेत्रहरूको सम्बर्द्वन तथा बिकासका लागि कुनै बजेट बिनियोजन गरेको देखिदैन, आफनो क्षेत्रमा पर्ने आन्तरिक पर्यटकिय स्थलहरू बारे गम्भीरता पूर्वक लिनुपर्ने बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |