राजविराज, ८ असोज । मधेस प्रदेशको ८ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमा म्यादी प्रहरीमा भर्ना हुनका लागि ६६ हजार ८ सय ८४ जनाको आवेदन परेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गृह मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेकोमा मधेस प्रदेशमा मात्रै ५५ हजार ५७ पुरुष र ११ हजार ८ सय २७ जना महिला ले आवेदन दिएका छन् ।
सबैभन्दा बढी बारा जिल्लामा ८ हजार ९ सय ३९ पुरुष र २ हजार ४ सय ६६ महिला गरी कूल ११ हजार ४ सय ५ जनाले आवेदन दिएका छन् ।
सप्तरीमा ७ हजार ३ सय ३७ पुरुष र १ हजार ६ सय २३ महिला गरी जम्मा ८ हजार ९ सय ६०, सिरहामा ५ हजार ५ सय २० पुरुष र १ हजार २ सय ९९ महिला गरी कुल ६ हजार ८ सय १९, धनुषामा ६ हजार ७ सय ९ पुरुष र १ हजार १ सय २५ महिला गरी जम्मा ७ हजार ८ सय ३४ जनाले दिएका छन् ।
यसैगरी रौतहटमा ७ हजार ४ सय २० पुरुष र १ हजार १ सय ६३ महिला गरी जम्मा ८ हजार ५ सय ८३, महोत्तरीमा ५ हजार ९ सय ६९ पुरुष र १ हजार ३ सय ३३ महिला गरी कूल ७ हजार ३ सय २, सर्लाहीमा ७ हजार ९३ पुरुष र १ हजार ५ सय ७० महिला गरी जम्मा ८ हजार ६ सय ६३ र पर्सामा ६ हजार ७० पुरुष तथा १ हजार २ सय ४८ महिला गरी जम्मा ७ हजार ३ सय १८ जनाले दिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
म्यादी प्रहरी भर्नाको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म दरखास्त आह्वान गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |