राजबिराज, ८ असोज । बाढी प्रभावित क्षेत्रमा विपत जोखिम न्यूनिकरण र व्यवस्थापन गर्नका लागि ४ दिने आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ ।
शनिवार कोशी पीडित समाजको आयोजनामा तथा युएस आईडीको सक्षम परियोजना र एलडब्लुआरको प्राविधिक सहयोगमा सप्तकोसी नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका, तिलाठी कोईलाडी र कंचनरूप नगरपालिकाका समुदाय विपत व्यवस्थापन कार्यदलका सदस्यहरूलाई सहजिकरण गरिएको हो ।
असोज ५ गते देखि संचालन भएको तालिममा बाढी प्रभाबित क्षेत्रमा जोखिम न्यूनिकरण गर्न तथा विपत्को व्यवस्थापन गरेर समुदायलाई सुरक्षित बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको कोशी पीडित समाजका निर्देशक देव नारायण यादवले बताउनु भयो ।
विपत्को जोखिममा रहेको बस्तीहरूमा प्राथमिक उपचार सम्बन्धी चेतनाको अभाव रहेकोले सक्षम परियोजनाले उक्त समुदायको क्षमता अभिवृद्धिका लागि जोखिमबाट सजग र सुरक्षित हुनका लागि समुदायले आफै प्राथमिक उपचार गर्न सक्ने अभिप्रायले कार्यदलका सदस्यहरूलाई सहजिकरण गर्न लागिएको सक्षम परियोजना संयोजक श्रवण चौधरीले जानकारी दिए ।
उक्त तालिममा रेडक्रसको प्राविधिक सहयोगमा प्राथमिक उपचार सम्बन्धी सामग्रीहरूको व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी कृतिम अभ्यास गरेको रेडक्रस सप्तरी उपमन्त्री तथा तालिमका प्रशिक्षक नरेश कुमार यादवले जानकारी दिए ।
तालिमको सहजिकरण रेडक्रस केन्द्रका राजु राउत, देवेश कुमार कार्की, दुखन यादव, बिनोद कुमार यादब, नरेश कुमार,यादब, सन्तोष साह, कबिता चौधरी, वसन्त चौधरी, देवकान्त मेहता लगायतले विपत जोखिम न्यूनिकरण गर्नका लागि कृतिम अभ्यास सहित सहजिकरण गरेको सक्षम परियोजना अधिकृत सुकदेव चौधरीले बताए ।
उक्त कार्यक्रममा सहभागी पप्पु चौधरीले विपत्को बेलामा घाईते र बिरामीहरूलाई कसरी प्राथमिक उपचार गर्न सकिने कुराहरूको बारेमा सिकेका सीपलाई प्रयोगमा ल्याउने बताउनु भयो।
यसैगरी रेडक्रस सप्तरीका प्रतिनिधि तथा प्रशिक्षक दुखन यादबले जीवन उपयोगी तालिमको संचालनमा रेडक्रसले सहयोग गर्दै आएकोले विपत्को वेलामा समुदायका सदस्यहरूको ज्यान बचाउनु कार्यदलका सदस्यहरूको ठुलो भूमिका हुने बताउनु भयो ।
सम्मापन कार्यक्रममा ४८ जना सहभागी प्राथमिक उपचार कर्ताहरूलाई प्राथमिक उपचारका लागि झोला र प्रमाणपत्र प्रदान गरिएको कोशी पीडित समाजका महासचिव पार्वती चौधरीले बताइनँ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |