राजविराज, ११ असोज । सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागी मास्टर प्लान बनाएर विकास गर्न सकिने बताउनु भएको छ । मंगलबार अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा राजबिराजमा होटल तथा पर्यटन व्यवसायी संघ को आयोजनामा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
उनले भने सप्तरीको पर्यटन क्षेत्रको विकास का लागि धार्मिक पर्यटन क्षेत्रहरूको होर्डिगं बोर्ड राखी ब्यापक प्रचार प्रसार र पर्यटकहरूको व्यवस्थित बसोवास गरी सबैको समन्वयमा पर्यटन क्षेत्रको विकास गर्न सकिने बताए ।
त्यस्तै इन्सेक प्रतिनिधि मनोहर पोखरेलले पर्यटन क्षेत्रलाई आर्थिक मेरुदण्डको रूपमा बनाउनुपर्ने बताउँदै पर्यटक क्षेत्रको व्यापक प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा मधेश प्रदेश उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अरूण प्रधान, सप्तरी उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दुर्गान्द साह, होटल व्यवसायी कृति नारायण शर्मा, संचारकर्मि मनोहर पोखरेलले पर्यटन क्षेत्रको प्रबर्द्धन गर्न एकजुट हुनुपर्नेमा जोड दिएका थिए भने कार्यक्रम संचालन पत्रकार चन्दन यादवले गरेका थिए ।
यता विश्व पर्यटन दिवसको अवसरमा होटल तथा पर्यटन व्यवसाय संघले छिन्मस्ता सखडेश्वरीमा भारतवाट आउने दर्शनार्धी हरूलाई फूलमाला लगाई स्वागत गरेका थिए भने आजै राजबिराज विमान स्थलमा आउने यात्रुहरूलाई फूलमाला लगाई स्वागत गरेको संघका अध्यक्ष शैलेश चौधरीले जानकारी दिनु भयो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |