राजविराज, ११ असोज । राजविराजको लागी बजाजको आधिकारिक बिक्रेता खान अटो मोबाइल बजाज शोरुमले आज मंगलबार देखि पल्सर एन २५० विएस सिक्स र पल्सर एन १६० विएस सिक्स बिक्री सुरु गरेको छ ।
“बजाज आधाको आधा” नामक ग्राहक योजना अन्र्तगत दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै बजाजको पल्सर एन २५० सेग्मेन्टसँगै पल्सर एन १६० बिक्री सुरु गरेको छ ।
नयाँ बजाज पल्सर एन २५० अहिलेसम्मकै सबैभन्दा ठूलो डिस्प्लेसमेन्ट पल्सर हो र यो मोटरसाइकलले पूर्ण रूपमा नयाँ डिजाइन, फिचरले सुसज्जित छ ।
कम्पनीले भर्खरै नयाँ अपडेटेड फिचर्स र डिजाइन सहितको बजाज पल्सर १६० लन्च गरेको छ । बजाजले एन २५० मा आधारित १६० सीसीको पल्सर एन १६० नेकेड स्पोर्ट्स बाइक हो । जसलाई बजाज पल्सर एन१६० नाम दिइएको छ ।
नेपाली बजारमा एन २५० बिएस सिक्स मोडलको ४ लाख ८९ हजार ९ सय मूल्य पर्छ र एन १६० बिएस सिक्स मोडलको ३ लाख ७९ हजार ९ सय मुल्य पर्छ खान अटो मोबाइलका प्रोप्राइटर कलिम खानले जानकारी दिए ।
राजविराज स्थित खान अटो मोबाइल्स ले आयोजना गरेको एक कार्यक्रम बीच राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परबीनले दुबै नयाँ मोडलको बाइक लाई सार्वजनिक गरेकी छिन् । कार्यक्रममा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, सेन्चुरी कमर्सियल बैंकका बिएम ज्ञान साह लगायतको उपस्थिति रहेको थियो ।
मोटरसाइकल खरिद गरेमा ग्राहकले क्यास डिस्काउन्टमा ७ हजार सम्म छुट पाउने प्रोप्राइटर खानले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |