धनुषा, १३ विहीवार । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ ।
आफ्नै काका पर्ने २८ वर्षीय रवि पासवानले रडले हिर्काउँदा उनका चार वर्षीय भतिज अनुप पासवानको मृत्यु भएको हो ।
रड प्रहारबाट गम्भीर घाइते भएका बालकका् स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपी क्षेत्रीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |