राजबिराज,१६ असोज । आज आइतबार दशैँको सातौँ दिन जसलाई महासप्तमी पनि भनिन्छ । यस दिन माता दुर्गाको कालरात्रि स्वरूपको पूजा गरिन्छ । आज सप्तरीका शक्तिपीठ हरुमा श्रद्धालुको भीड लागेको छ ।
दशैँ सुरु भएको दिन देखि छिन्नमस्ता गाउपालिका स्थित छिन्नमस्ता शक्तिपीठ राजविराज स्थित राजदेवी, चण्डी भगवती, पातो स्थित डाक्नेश्बरी मन्दिर, भारदह स्थित कंकालिनी मन्दिर सहितका मन्दिरहरूमा पूजापाठ र दर्शन गर्नेहरूको भीड लागेको छ ।
दशैँमा छिन्नमस्ता, कंकालिनी, राजदेवी, डाक्नेश्बरी मन्दिर, उग्रतारा मन्दिर तिलाठी कोइलाडी ३ सकरपुरा सहितका भगवती मन्दिरहरूमा पशुबली दिइने गरिन्छ ।
मन्दिरमा पूजापाठ बाहेक ठाउँठाउँमा देवीको मूर्ति बनाएर समेत पूजापाठ गर्ने चलन रही आएको छ । दशैँको अवसरमा मन्दिर र मूर्ति बनेका ठाउँहरूमा मेला समेत लाग्ने गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |