जनकपुर, २२ असोज । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
गृह तथा सञ्चार मन्त्रालयले जारी गरेको सूचनामा भोलि २३ गते आइतबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।
मधेश प्रदेश सरकारले गत चैत १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक बिदा दिने उल्लेख गरिएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |